अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि
gorkhapatraonline.com · Sun Aug 23 05:56:02 GMT 2026

अस्ट्रेलियामा पहिलो पटक स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ-नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् ।
कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बिचपोर्टमा फेला परेको बताउनुभयो । “अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो”, कोलिन्सले पत्रकारलाई बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)