सुनको मूल्य २ हजार ८ सय रुपैयाँ बढ्यो
onlinekhabar.com · Sun Aug 23 05:49:41 GMT 2026

७ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १४ हजार ३ सय रुपैयाँ बढेको छ । गत आइतबार सुनको भाउ ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
Read full story at source (onlinekhabar.com)