जुम्ल्याहामुल तालले फेरिनेछ गुटुको कृषि प्रणाली, १४ सय घरधुरीलाई सिँचाइ सुविधा
ratopati.com · Sun Aug 23 06:11:27 GMT 2026

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटु क्षेत्र समथर र उर्वर भूमि हो । यहाँका हरेक स्थानीयहरूसँग ५ रोपनीदेखि डेढ बिघासम्म खेतीयोग्य जमिन छ । यो क्षेत्रलाई चौकुनेको अन्न भण्डार पनि भनिन्छ । तर सिँचाइ अभावका कारण पछिल्लो समय यहाँको खेती प्रणाली नै प्रभावित बनेको छ ।
यही समस्यालाई मध्यनजर गर्दै अहिले यहाँ ठुलो सिँचाइ आयोजना बन्दै छ—जुम्ल्याहामुल ताल बहुउद्देश्यीय परियोजना । यो आयोजनाको उद्देश्य खानेपानी, सिँचाइ, वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई समेत एकीकृत विकास गर्ने रहेको छ ।
Read full story at source (ratopati.com)