मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
rajdhanidaily.com · Sun Aug 23 06:13:48 GMT 2026
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ ११ गते हुने भगवती माताको पूजाआजाका लागि त्यसतर्फ पेटारो पठाएका छन् ।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज विधिपूर्वक पूजाअर्चना गरी परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो । सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका भगवती पूजामा प्रदेश सरकारका मन्त्री तथा अन्य सरोकार भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Read full story at source (rajdhanidaily.com)