विपद्मा दलहरू साथसाथ
annapurnapost.com · Wed Sep 02 01:53:00 GMT 2026

काठमाडौं : भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण सिर्जित राष्ट्रिय संकटको सामना गर्न प्रमुख राजनीतिक दलहरू दलीय पूर्वाग्रहभन्दा माथि उठेर एक ठाउँमा उभिएका छन्। नागरिकको जीवनरक्षा, तत्काल उद्धार, न्यायोचित राहत वितरण र दिगो पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिँदै दलहरूले प्रदेशदेखि पालिका तहसम्मै सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेका छन्।
मंगलबार सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा बसेको प्रमुख दलका दोस्रो तहका नेताहरूको बैठकले विपद् व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र जनउत्तरदायी बनाउन राज्यका मौजुदा संरचनालाई सघाउने गरी सर्वदलीय संयन्त्र बनाउने सहमति जुटाएको हो। बैठकपछि रास्वपा प्रवक्ता जगदीश खरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘यस संयन्त्रले स्थानीय सरकार र प्रशासनसँग प्रत्यक्ष समन्वय गरी खोज, उद्धार, राहत तथा पुनरुत्थानका हरेक चरणमा सहजीकरण गर्नेछ।’
Read full story at source (annapurnapost.com)