सांसद भण्डारी बाहिरिए, सभापतिका लागी ४ जना चुनावी मैदानमा
nepalviews.com · Wed Jun 10 02:48:13 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिको नेतृत्व चयनका लागि ४ जनाको उम्मेदवारी कायम भएको छ। आकांक्षीहरूमध्ये काभ्रेबाट निर्वाचित बागमती प्रदेश सांसद वदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चुनावी मैदानमा ४ जना मात्रै बाँकी रहेका हुन्।
मंगलबार राति निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार रास्वपा बागमतीको नयाँ सभापति बन्नका लागि हरि बहादुर खत्री (रामेछाप), डा. अच्युतम लामिछाने (नुवाकोट), कृष्णमान श्रेष्ठ (धादिङ) र उत्सव अर्याल (मकवानपुर) चुनावी मैदानमा छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले मतदानको कार्यक्रम आज बिहान ८ बजेसम्मका लागि स्थगित गरेको थियो।
Read full story at source (nepalviews.com)