देउवाले भने–गगन थापासँग छलफल गर्नेबारे सल्लाह गर्दैछु
ratopati.com · Sun Aug 23 06:45:50 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूले सभापति गगन थापासँग पार्टीका आन्तरिक विवादका विषयमा छलफल गर्नेबारे सल्लाह गरिरहेकाे बताएका छन् । आइतबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लसँगको भेटमा निवर्तमान सभापति देउवाले आफू पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमै रहेको बताएका थिए ।
देउवाको भनाइ उद्धृत गर्दै मल्लले रातोपाटीसँग भने, ‘मैले सबै साथीहरूसँग यसबारे छलफल गरिरहेको छु। अब छिट्टै पार्टी सभापति गगन थापालाई बोलाएर यसबारे निर्णायक छलफल गर्नेछु र एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनेछु।’
Read full story at source (ratopati.com)