‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
ratopati.com · Sun Aug 23 07:04:43 GMT 2026

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ । अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्नेलगायत समस्या देखिन्छ । डा.चौधरीले भने, “लामो समय कुरा गर्नका लागि मोबाइललाई कानभन्दा टाढा राखेर गर्नुपर्छ, नत्र त्यसले ठूलो समस्या निम्त्याउन सक्छ ।”
Read full story at source (ratopati.com)