एनपीएलमा केएस भरतले काठमाडौँ गोर्खाजबाट खेल्ने
ratopati.com · Sun Aug 23 07:13:37 GMT 2026
काठमाडौँ । भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत ३२ वर्षीय भरतलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।
उनी गोर्खाजले घोषणा गरेको तेश्रो संस्करणको पहिलो विदेशी खेलाडीसमेत बनेका छन् । भरतले भारतीय राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका छन् । केही महिनाअघि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । विकेटकिपिङसँगै मध्यक्रममा प्रभावशाली ब्याटिङ गर्न सक्ने भरतको आगमनले गोर्खाजको टोलीमा अनुभव थपिएको छ ।
Read full story at source (ratopati.com)