गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Sun Aug 23 07:12:28 GMT 2026

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले हातमा विभिन्न मागसहितका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए।
Read full story at source (ratopati.com)