नाडा अटो शो २०८३ मा के छ नयाँ ?
baahrakhari.com · Sun Aug 23 07:16:04 GMT 2026

काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शोमा जी–१ ह्युमनोइड रोबोट र गो–२ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षणका रूपमा रहने भएका छन् । रोबोटले प्रदर्शनीमा दर्शकको ध्यान तान्ने भए पनि यस वर्षको अटो शोको वास्तविक कथा भने नेपालको तीव्र विद्युतीय सवारी संक्रमण र त्यससँग जोडिएको पूर्वाधारमा केन्द्रित हुने देखिएको छ ।
नेपालमा अहिलेसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेको तथ्यांक प्रस्तुत गरिएको छ । निजी क्षेत्रका आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जालसमेत तयार भइसकेको छ । नेपालमा भित्रिने विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन् भने बाँकी मुख्यतः भारतबाट आयात हुने गरेका छन् ।
Read full story at source (baahrakhari.com)