उपाध्यक्षको आग्रह बेवास्ता गर्दै इन्फान्टिनो क्यारिबियनमा
ratopati.com · Sun Aug 23 07:46:54 GMT 2026
काठमाडौँ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नै एक उपाध्यक्षले गरेको आग्रह बेवास्ता गर्दै क्यारिबियनमा आयोजित यू–१४ फुटबल प्रतियोगितामा सहभागिता जनाएका छन् । फिफाको व्यावसायिक गतिविधि निजी लगानीकर्तालाई दिने असफल योजनालाई लिएर विश्वभर आलोचना भइरहेका बेला इन्फान्टिनोको क्यारिबियन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
इन्फान्टिनोले शनिबार आफ्नो इन्स्टाग्राममा डोमिनिकन गणतन्त्रको पुन्टा कानामा आयोजित क्यारिबियन फुटबल युनियन (सीएफयू) को युवा प्रतियोगिताका क्रममा खिचिएका तस्बिर सार्वजनिक गरेका छन् । उनले त्यहाँ डोमिनिकन गणतन्त्रका राजनीतिक तथा फुटबल अधिकारीहरूसँग भेटघाट गरेका थिए ।
Read full story at source (ratopati.com)