रिकण्डिसन अटो व्यवसायी संघले आमाघरलाई भवन निर्माणमा सहयोग गर्ने
gorkhapatraonline.com · Sun Aug 23 07:46:36 GMT 2026

नेपाल रिकण्डिसन अटो व्यवसायी संघले ज्येष्ठ नागरिक तथा बालबालिकाको सेवामा समर्पित ‘आमाघर’को निर्माणाधीन भवनका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघको ११औँ वार्षिक साधारणसभाको अवसरमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो।
संघका अध्यक्ष प्रविण लामिछानेको अध्यक्षता तथा आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रिकण्डिसन अटो व्यवसायी, यातायात क्षेत्रका व्यक्तित्व, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।
Read full story at source (gorkhapatraonline.com)