नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित
barnanmedia.com · Sun Aug 23 07:41:24 GMT 2026

बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी हुनुभएको हो । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गर्नुभयो । यसअघि ओली सङ्घमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
महिला उपाध्यक्षमा रूपा ओझा एक हजार १६६ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गर्नुभयो । निर्वाचनको अन्तिम नतिजाअनुसार महासचिव पदमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुँदा सोही पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गर्नुभयो ।
Read full story at source (barnanmedia.com)