‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’
ratopati.com · Sun Aug 23 08:07:23 GMT 2026

तनहुँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले बार र बेञ्चबिचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताए ।
उनले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबिच सहकार्य र समन्वय आवश्यक रहने उनले उल्लेख गरे ।
Read full story at source (ratopati.com)