परिवर्तनशील विश्व व्यवस्थामा नेपालको स्थानबारे चर्चा गर्ने पुस्तक ‘जायन्ट्स एट द गेट्स’
baahrakhari.com · Sun Aug 23 08:12:29 GMT 2026

काठमाडौं । तीव्र वैश्विक परिवर्तनले नेपालको भविष्यलाई कसरी असर गरिरहेको छ भन्ने विषयमा गहन अनुसन्धान तथा विश्लेषण गरिएको पुस्तक ‘जायन्ट्स एट द गेट्स ः नेपाल इन अ वर्ल्ड अफ रिअर्डर’ शनिबार (भदौ ६) काठमाडौंमा सार्वजनिक गरिएको छ । द हिमालयन टाइम्सका पूर्वसम्पादक प्रकाश रिमालले सञ्चालन गरेको अन्तर्संवाद कार्यक्रमबीच पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य, सांसद सुम्निमा उदास र पूर्वबैंकर सुमन जोशीले पुस्तक लोकार्पण गरे ।
छलफलको सुरुआत गर्दै रिमालले पुस्तकको दायरा परम्परागत भू–राजनीतिक विषयवस्तुभन्दा निकै फराकिलो रहेको उल्लेख गरे । “जायन्ट्स एट द गेट्स नेपाल एवम् उत्तर र दक्षिणका दुई छिमेकीमा मात्र सीमित छैन, यस पुस्तकले यीबाहेक धेरै विषयलाई छुन्छ । तसर्थ, यसको दायरा निकै फराकिलो छ,” उनले भने ।
Read full story at source (baahrakhari.com)