सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच एकता आजको आवश्यकता हो : उमा भुजेल
ratopati.com · Sun Aug 23 08:18:01 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की संयोजक उमा भुजेलले कम्युनिस्ट आन्दोलनलाई बचाउन सम्पूर्ण कम्युनिस्ट पार्टीहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् । आइतबार पार्टीले काठमाडौँमा गरेको अन्तरक्रिया कार्यक्रममा भुजेलले पार्टी एकता र सहकार्यमा जोड दिएकी हुन् ।
‘नेपालमा स्वाधीनताको मुद्दा लिएर अगाडी बढ्नुपर्ने छ । देश नै रहने अवस्था देखिएको छ । यी सबैको रक्षाको नेतृत्व कम्युनिस्ट आन्दोलनले गर्नुपर्नेछ । तर अहिले कम्युनिस्ट शक्तिहरू रक्षात्मक अवस्थामा छन् । ६५ प्रतिशत रहेको कम्युनिस्ट २१ प्रतिशतमा झरेको छ । कम्युनिस्ट पार्टीलाई सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेका छन् । गर या मरको अवस्थामा रहेको आन्दोलनलाई बचाउन सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच एकता, सहकार्य हुनुपर्छ’, उनले भनिन् ।
Read full story at source (ratopati.com)