नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा
nepallive.com · Sun Aug 23 08:19:38 GMT 2026
काठमाडौं – सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्ने बताएका छन्।
आइतबार सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद शेर्पाले आरोहण तथा पर्यटन क्षेत्रमा राजनीतिक र नीतिगत तहबाट भएका कमजोरी सुधारका लागि आफूले आवाज उठाउने बताएका हुन्।
Read full story at source (nepallive.com)