सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
canadanepal.com · Wed Jul 01 12:46:47 GMT 2026

\काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयामबारे छलफल भएको हो । सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, सङ्घीयताको कार्यान्वयनलगायत विषयमा पनि छलफल भएको छ ।
सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहयोग रहने विश्वास व्यक्त गरे ।
Read full story at source (canadanepal.com)