"मोदी हाम्रा भगवान् हुन्!" — प्रेस क्लबमै 'भजन-कीर्तन' गरेर ११२ करोडको मन्दिर बनाउने घोषणा, भिडियो भाइरल
barnanmedia.com · Sun Aug 23 08:38:49 GMT 2026

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भगवान रामको अवतारका रूपमा प्रस्तुत गरी उहाँको कटआउट अगाडि धूप, बत्ती र आरती गरिएको अनौठो भिडियो भाइरल भएपछि दिल्लीको राजनीतिक र पत्रकारिता वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।
'प्रेस क्लब अफ इन्डिया'को प्रेक्षारोग्रहमा बिहार ट्रान्सजेन्डर कल्याण बोर्डका पदाधिकारीहरूले प्रधानमन्त्री मोदीको कटआउट अगाडि 'मोदी चालिसा' पाठ गर्दै "जय जय मोदी, हर हर मोदी" को नारा गुञ्जाएका थिए। यति मात्र होइन, उनीहरूले बिहारमा ११२ करोड भारतीय रुपैयाँको लागतमा प्रधानमन्त्री मोदीको सुनको मूर्तिसहितको मन्दिर बनाउने घोषणा समेत गरेका छन्।
Read full story at source (barnanmedia.com)