ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता
baahrakhari.com · Sun Aug 23 09:26:14 GMT 2026

काठमाडौं । भारतको लातुर जिल्लाको जावलीस्थित जिल्ला परिषद् उर्दू विद्यालयमा अनुमतिबिना प्रवेश गरी सरकारी काममा बाधा पुर्याएको र शिक्षकहरूलाई धम्क्याएको आरोपमा ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपके र उनका साथीहरूविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ । विद्यालयकी शिक्षिका सय्यद शमशादबानो खैरातालीको उजुरीका आधारमा औसा प्रहरी स्टेसनमा मुद्दा दर्ता गरिएको हो ।
सीजेपीले त्यहाँका नागरिकलाई देशका सरकारी विद्यालयहरूको निरीक्षण गर्न, त्यहाँ रहेका कमी–कमजोरीको दस्ताबेज तयार पार्न र आधारभूत सुविधा सुधार्न स्थानीय अधिकारीमाथि दबाब दिन अहिले भारतभर ‘फिक्स द स्कुल’ अभियान चलाइरहेको छ ।
Read full story at source (baahrakhari.com)