एउटा ‘iPhone’ को जिद्दीले सखाप भयो हासिखेल्दो परिवार
barnanmedia.com · Sun Aug 23 09:48:29 GMT 2026

एजेन्सी — भारतको महाराष्ट्रस्थित छत्रपति सम्भाजीनगरमा एउटा सामान्य स्मार्टफोनको जिद्दीले एउटै परिवारका तीनै जनाको ज्यान जाने गरी अत्यन्तै दुखद् घटना घटेको छ। iPhone किनिदिने वा त्यसको किस्ता (EMI) सम्बन्धी विवादलाई लिएर १८ वर्षीय छोरा भिरबाट हाम फाल्न पुगेपछि उनलाई बचाउने क्रममा आमा-बुबाले समेत ज्यान गुमाएका छन्।
Times of India का अनुसार १९ वर्षीय कुणाल चन्दवाडेले iPhone को विषयमा घरमा विवाद भएपछि तिसगाउँ नजिकैको खवड्या डाँडाको डिलमा पुगेर आत्महत्याको धम्की दिएका थिए। प्रहरी, उद्धार टोली, स्थानीय बासिन्दा र परिवारले झन्डै ३ घण्टासम्म सम्झाइबुझाइ गर्दा पनि ती युवक पछि हटेनन्।
Read full story at source (barnanmedia.com)