मलेसियाको रोजगारीमा सिन्डिकेटः विरोधमा सरकार र म्यानवापर व्यवसायीको एकै ठाउँ
onlinekhabar.com · Sun Aug 23 09:59:18 GMT 2026

७ भदौ, काठमाडौं । मलेसियाको सरकारले नेपालका २५ वटा व्यवासायीले मात्रै कामदार पठाउन पाउने गरी कम्पनीहरु सूचीकृत गरेपछि त्यसको विरोधमा नेपाल सरकार र म्यानपावर व्यवसायी एकै ठाउँ आएका छन् ।
लामो समयदेखि सीमित व्यवसायीले मात्रै मलेसियामा कामदार पठाउन पाउने गरी सिन्डिकेट लागू गर्ने प्रयास हुँदै आएको थियो । मलेसियाको मानव संसाधन मन्त्रालयले शनिवार श्रमिक भर्नाका लागि नेपालबाट २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा सूचीकृत गरेसँगै सिन्डिकेट कार्यान्वयनतर्फ गएको हो ।
Read full story at source (onlinekhabar.com)