इरानी अधिकारीहरूसँग भेटघाट गर्दैछन् पाकिस्तानी सेना प्रमुख
ratopati.com · Sun Aug 23 10:07:27 GMT 2026

इस्लामावाद । पाकिस्तानका फिल्ड मार्सल असीम मुनीर सोमबार इरानको राजधानी तेहरान जाने भएका छन् ।
इरानको सरकारी समाचार संस्था आईआरएनएले विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईलाई उद्धृत गर्दै मुनीरको भ्रमणबारे जानकारी दिएको हो । आईआरएनएका अनुसार मुनीरले इरानका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नेछन् । भेटमा द्विपक्षीय सहकार्यका साथै क्षेत्रीय शान्ति र सुरक्षाका लागि कूटनीतिक प्रयासबारे छलफल हुने अपेक्षा गरिएको छ ।
Read full story at source (ratopati.com)