बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको अन्तिम संस्कार गरियो
annapurnapost.com · Sun Aug 23 10:21:13 GMT 2026

सिमरा : सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।
बालिकाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा अन्तिम संस्कार गरिएको हो । उनलाई बुवा मनोजले धार्मिक परम्पराअनुसार दागबत्ती दिएका थिए। कलैया अस्पतालमा राखिएको बालिकाको शव मनोजले बुझेपछि अन्तिम संस्कारका लागि पसाहा खोला लगिएको थियो । बालिकाको शव मंगलबार रातिदेखि कलैया अस्पतालमा थियो ।
Read full story at source (annapurnapost.com)