बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली
baahrakhari.com · Sun Aug 23 10:30:38 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अग्रसर भएको आरोप लगाएका छन् । आइतबार (भदौ ७) काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा उनले मुलुक यति बेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।
लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको खुलापन यति बेला गम्भीर संकटमा परेको उनले बताए । ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षण प्रकट गरेको उनको तर्क छ ।
Read full story at source (baahrakhari.com)