'हिलारीले ढोका खोले, निर्मलले सीमाना तोडे': विश्वभर गुञ्जियो नेपाली पर्वतारोहीको नाम
barnanmedia.com · Sun Aug 23 10:36:10 GMT 2026
नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को असाधारण उपलब्धिलाई अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले नयाँ ढंगले सम्मान गर्न थालेको छ। पछिल्लो समय सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) लगायत विभिन्न प्लेटफर्ममा विश्वप्रसिद्ध पर्वतारोही तथा हिमालप्रेमीहरूले उनलाई सन् १९५३ मा सगरमाथा आरोहणको इतिहास रचेका सर एडमन्ड हिलारीको योगदानसँग तुलना गर्दै प्रेरणादायी टिप्पणी सार्वजनिक गरिरहेका छन्।
हालै बेलायती पर्वतारोही तथा हिमाल अभियन्ता ग्यारेथ होम्स ले सामाजिक सञ्जालमा लेखेको सन्देश विशेष चर्चामा छ। उनले "दुई फरक युग, तर पर्वतमा सम्भावनाको सीमालाई धकेल्ने एउटै भावना" भन्दै हिलारीले विश्वका अग्ला हिमालतर्फको ढोका खोलेको र निर्मल पुर्जाले त्यसलाई अझ फराकिलो बनाउँदै सात महिनाभित्रै विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर नयाँ सम्भावनाको परिभाषा दिएको उल्लेख गरेका छन्।
Read full story at source (barnanmedia.com)