मृत्युको धराप बनेका पोलका तार हटाउन किन भयो ढिलाइ?
barnanmedia.com · Sun Aug 23 10:42:55 GMT 2026

उपत्यकाका सडकका पोलहरूमा गुजुल्टिएका र प्रयोगविहीन इन्टरनेट तथा टेलिभिजनका तार हटाउने कार्यको प्रगतिबारे दुई मन्त्रीले अनुगमन गरेका छन् । सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गौशाला, पुरानो बानेश्वर र जडीबुटी क्षेत्रमा पुगेर तार व्यवस्थापनको निरीक्षण गरेका हुन् । उनीहरूले निर्धारित समयसीमाभित्र काम नसक्ने निकाय र जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने चेतावनी समेत दिए ।
अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणले साउन १५ भित्र काम सक्ने प्रतिबद्धता जनाए पनि अपेक्षित प्रगति नदेखिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न निर्देशन दिँदै ढिलाइ गर्ने कसैलाई पनि छुट नहुने बताए "१५ साउनभित्र काम सक्ने भनिएको थियो, तर अहिलेको प्रगति सन्तोषजनक छैन," उनले भने, "यो हामी सबैको साझा कमजोरी हो, अब सबै निकाय मिलेर समाधान निकाल्नुपर्छ ।"मन्त्री तिमिल्सिनाले प्रयोगमा नभएका तार तत्काल हटाउन र सेवा प्रदायकले नै त्यसको जिम्मेवारी लिनुपर्ने बताए । उनले काममा कुनै समस्या आए मन्त्रालयलाई जानकारी गराउन र प्राधिकरणलाई प्रभावकारी नियामकको भूमिका खेल्न निर्देशन दिए ।
Read full story at source (barnanmedia.com)