मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्वीप’
baahrakhari.com · Sun Aug 23 10:52:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ‘ह्वीप’ जारी गरेको छ । मुख्यमन्त्री थापाले सोमबार (भदौ ८) प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।
कांग्रेस वाग्मती संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्वीपमा प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिइएको छ ।
Read full story at source (baahrakhari.com)