चिप्ले झरनामा बेपत्ता युवकको शव फेला
gorkhapatraonline.com · Sun Aug 23 10:59:13 GMT 2026

कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुङ्गडा चिप्ले झरनामा चिप्लेर बेपत्ता भएका युवकको शव आइतबार फेला परेको छ ।
डडेल्धुराका २१ वर्षीय खगीराज पन्तको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साथीहरुसँग घुम्न गएको बेला झरनामा खसेर उहाँ बेपत्ता हुनु भएको थियो । झरनामा डुबेर बेपत्ता भएको स्थानभन्दा करिब पाँच सय मिटरको दूरीमा आज पन्तको शव भेटिएको जनाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)