दुई म्यानपावर कम्पनीमा व्यवसायीहरूले लगाए ताला
ratopati.com · Sun Aug 23 11:17:29 GMT 2026

काठमाडौँ । मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट सुरु गरिएको भन्दै व्यवसायीहरूले दुई कम्पनीहरूमा ताला लगाएको छ । सङ्घका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको व्यवसायीहरूको टोलीले आइतबार सूचीकृत भएका दुई म्यानपावर कम्पनीका कार्यालयमा पुगेर ताला लगाएको हो ।
तालाबन्दी गरिएका कम्पनीहरूमा एसिया लिङ्क सर्भिसेज र ट्रस्ट नेपाल ओभरसिज म्यानपावर रहेका छन् । तालाबन्दीपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले यो कदम सिन्डिकेटविरुद्धको साङ्केतिक विरोध भएको बताए ।
Read full story at source (ratopati.com)