जंगली च्याउ खाँदा दुई जनाको मृत्यु
annapurnapost.com · Sun May 17 07:42:35 GMT 2026

चितवन : चितवनमा जंगली च्याउ खाएपछि दुई जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
उनका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो । वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए । जसमध्ये तीन जना जेठ १ गते बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।
Read full story at source (annapurnapost.com)