''बालेन मन्त्रिपरिषद्की उत्कृष्ट मन्त्री''
barnanmedia.com · Sun Aug 23 11:29:13 GMT 2026

नेपालको राजनीतिमा भाषण र आश्वासनको बाढी नयाँ कुरा होइन, तर काम गरेर देखाउने प्रतिबद्धता र सादगीयुक्त शैलीले जनताको मन जित्नु भने पक्कै पनि विरलै देखिने दृश्य हो। बालेन शाह नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल यतिबेला आफ्नो काम गर्ने अद्भूत शैली र ठोस योजनाका कारण मन्त्रिपरिषद्कै सबैभन्दा उत्कृष्ट र चर्चित मन्त्रीका रूपमा अगाडि आएकी छन्।
कञ्चनपुरमा आयोजित एक विशेष कार्यक्रममा सुकुम्बासी बस्तीका बासिन्दाहरूलाई सम्बोधन गर्दै मन्त्री रावलले आउँदो ५०० दिनभित्र देशभरका सम्पूर्ण सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरी हात–हातमा लालपुर्जा वितरण गर्ने ऐतिहासिक प्रतिबद्धता व्यक्त गरेकी छन्।
Read full story at source (barnanmedia.com)