सामान्य विवादमा शंखमूलको होस्टेलमा भएको थियो बसन्तको हत्या
baahrakhari.com · Sun Aug 23 11:36:00 GMT 2026

काठमाडौं । काठमाडौंको शंखमूलको भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका २२ वर्षीय युवा बसन्त कालाथोकीको सामान्य विवादमै हत्या भएको खुलेको छ । दाङका बसन्तलाई बाराका १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले शुक्रबार (भदौ ५) होस्टेलको कोठाभित्र चक्कु प्रहार गरेर हत्या गरेका थिए ।
प्रहरीले बसन्तको हत्यामा संलग्न शेखर र प्रमित दुवैजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको छ । प्रहरीको अनुसन्धानका क्रममा शेखर र प्रमितले सामान्य विवादकै कारण बसन्तको ज्यान जाने गरी चक्कु प्रहार गरेको खुलेको हो ।
Read full story at source (baahrakhari.com)