युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
barnanmedia.com · Sun Aug 23 11:59:10 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन् । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।‘यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो । अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ’, जेलेन्स्कीले भने ।
रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्सल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ । जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ ।
Read full story at source (barnanmedia.com)