राष्ट्रियता सङ्कटमा पर्यो : मन्त्री थापा
baahrakhari.com · Sat Jan 09 17:15:00 UTC 2021
काठमाडौं । खानेपानीमन्त्री मणि थापाले राजनीतिक अस्थिरताले राष्ट्रियता सङ्कटमा परेको बताएका छन् । उनले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकद्वारा आज बनेपामा आयोजित अगुवा कार्यकर्ता भेला एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै हाल नेपाली राष्ट्रियता सङ्कटमा परेको बताउँदै राजनीतिक आन्दोलन सकेर समृद्धितर्फ उन्मुख देशको अभियान रोकिएकामा चिन्ता व्यक्त गरे ।
“देश समृद्धिका लागि आर्थिक क्रान्तितर्फ उन्मुख भइरहेका बेला राजनीतिक अस्थिरताले राष्ट्रियतालाई सङ्कटमा पार्यो, निर्वाचनबाट पुनः एकपटक राजनीतिक आन्दोलन सकेर राष्ट्रियता जोगाउनुपर्छ”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले भने ।
Read full story at source (baahrakhari.com)