नागरिकले सरकारप्रति गुनासो गरेका छैनन् : सभापति लामिछाने
annapurnapost.com · Sun Aug 23 12:33:59 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकहरुले अहिले नै सरकारप्रति गुनासो नगरेको बताएका छन्। पार्टीको 'नीति,संगठन र नेतृत्व' विषयक कार्यक्रममा उनले सरकार आलोचित बन्न थाल्यो की भन्ने चिन्ता नगर्न आग्रह गरेका हुन्।
‘ति नागरिकले गुनासो गरि हालेका छैनन्, जसले आमाबुवा, छोरा र परिवारका सदस्यसंग झगडा गरेर घण्टीमा भोट हाल्न लगाएका थिए, उनीहरु बोल्न थाले भने चाँहि हामीलाई गाह्रो हुन्छ’ उनले भने। परिवर्तनको अभिलाषाले रास्वपालाई भोट हालेका नागरिकहरू अहिले नबोलौं भन्दै सरकारको काम हेरिरहेको लामिछानेले उल्लेख गरे।
Read full story at source (annapurnapost.com)