मोटरसाइकलको ठक्करबाट साइकल चालकको ज्यान गयो
rajdhanidaily.com · Sun Aug 23 12:46:03 GMT 2026

उदयपुर । गाईघाट – दिक्तेल सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको आईतवार दिउँसो ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका –१० करमगाछीस्थित गाईघाट–दिक्तेल सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा त्रियुगा नगरपालिका–१० एलेम्बर मार्गका ६० वर्षीय सन्तबहादुर राईको उदयपुर जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
प्रदेश नं. ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक बरुवा हुँदै गाईघाटतर्फ जाँदै गरेको मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा राई गम्भिर घाइते भई उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Read full story at source (rajdhanidaily.com)