पर्यटन बोर्ड, प्राधिकरण र नेवानि : आर्थिक वर्षको पहिलो महिना कट्यो, आएन बजेट
onlinekhabar.com · Sun Aug 23 12:47:28 GMT 2026

७ भदौ, काठमाडौं । वर्तमान सरकारले पर्यटन क्षेत्रमा विगतका सरकारकै बेथिति दोहोर्याएको छ । मुलुकको पर्यटन प्रवर्द्धक निकाय, हवाई सेवाको नियामक र सेवा प्रदायक संस्थाले अझै चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउन सकेका छैनन् ।
नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सको नयाँ बजेट पास भइसकेको छैन । महत्त्वपूर्ण तथ्य के भने चालु आर्थिक वर्षको पहिलो महिना (साउन) सकिएर भदौको पहिलो साता चलिरहेको छ । तर, कतिपय संस्थामा अझै बजेटको पूर्वतयारीका काम समेत सुरु भइसकेको छैन ।
Read full story at source (onlinekhabar.com)