स्थापनाको २५ वर्ष पूरा गरेको सगरमाथा आरोही संघले मनायो रजत जयन्ती
annapurnapost.com · Sun Aug 23 13:11:07 GMT 2026

काठमाण्डौं : स्थापनाको २५ वर्ष पूरा गरेको सगरमाथा आरोही संघले आफ्नो स्थापना दिवसलाई रजत जयन्तीका रूपमा मनाएको छ। शुक्रबार आयोजित कार्यक्रममा सगरमाथा आरोहीहरू तथा पर्वतीय पर्यटन क्षेत्रमा योगदान गर्ने पत्रकारहरूलाई सम्मान गरिएको थियो।
संघकी अध्यक्ष माया शेर्पाले सगरमाथा आरोहीहरूको योगदानलाई जीवित राख्न संस्थाले निरन्तर काम गर्दै आएको बताउँदै रजत महोत्सव मनाउनु गौरवको विषय भएको उल्लेख गरिन्। कार्यक्रममा पर्वतारोहण संघ, पर्यटन बोर्डका पदाधिकारी, अनुभवी आरोही तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Read full story at source (annapurnapost.com)