ठूलो जनादेशसहित सत्तामा पुगेको सरकार अधिनायकवादतर्फ अग्रसर : ज्ञवाली
annapurnapost.com · Sun Aug 23 13:12:39 GMT 2026

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन्। नेकपाले काठमाडौँमा आयोजना गरेको कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुर्नगठन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेको टिप्पणी गरेका हुन्।
नेता ज्ञवालीले ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको आरोप लगाए। उनले संसदभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको बताए।
Read full story at source (annapurnapost.com)