चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला
ratopati.com · Sun Aug 23 13:24:18 GMT 2026

कैलाली। कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर बेपत्ता भएका थिए।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा झरनासहित आसपासका क्षेत्रमा खोजी सुरु गरेको थियो। खोजीका क्रममा आज झरनाबाट करिब ५०० मिटर तल पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए।
Read full story at source (ratopati.com)