सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल सम्मानित
gorkhapatraonline.com · Sun Aug 23 13:16:02 GMT 2026
सगरमाथाको सफल आरोहण गरेकाहरुको संस्था सगरमाथा आरोही संघ स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा आज यहाँ आयोजित रजत जयन्ती कार्यक्रममा निजामती कर्मचारीहरुबाट सगरमाथा आरोही रहनु भएका र हाल दोलखा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत सुरथ पोख्रेल सम्मानित हुनु भएको छ।
पोखरेल एक महिनाअघि मात्र सहायक जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएको हो । यसअघि उहाँ सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालयमा रहेर काम गर्नुभएको थियो । पोखरेल निजामती कर्मचारीको तर्फबाट पहिलो पटक सगरमाथाको २०६८ सालमा सफल आरोहण गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)