लेखा तथा व्यवसाय नीतिमा सहजीकरण गर्न चार्टर्ड एकाउन्टेन्टकाे सुझाव
baahrakhari.com · Mon Jun 29 09:11:00 UTC 2020
काठमाडौं । चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसँग सम्बन्धित नीतिमा सहजीकरणका लागि आग्रह गरेका हुन् ।
एक्यान अध्यक्ष आनन्दराज शर्मा वाग्लेको नेतृत्वमा गएको संघका पदाधिकारीले कोभिड–१९ ले सृजना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे प्रतिवेदन गभर्नर अधिकारिलाई बुझाउँदै मौखिक सुझावसमेत दिएको छ । प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण, व्याजलाई पुँजीकृत कसरी गर्ने, ऋणको वर्गीकरण र प्रोभिजनमा अब कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाइ र त्यसको समाधान लगायतका विषय समेटिएका छन् ।
Read full story at source (baahrakhari.com)