दिल्लीविरुद्ध शानदार जित निकाल्दै मुम्बई फाइनलमा
baahrakhari.com · Thu Nov 05 17:45:00 UTC 2020
काठमाडौं । मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स ५७ रनको फराकिलो अन्तरे पराजित गर्दै मुम्बईले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिल्लीलाई जितका लागि दिएको २०१ रनको बलियो लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४३ रन बनाउन सक्यो । दिल्लीका लागि मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ६५ रनको योगदान गरे । त्यस्तै अक्षर पटेलले ४२ रन बनाउँदा कगिसो रबाडा १५ रन तथा कप्तान श्रेयस अैरले १२ रन बनाउन सफल भए ।
Read full story at source (baahrakhari.com)