करेन्ट लागेर तीन जनाको मृत्यु
gorkhapatraonline.com · Sun Aug 23 13:31:37 GMT 2026

लक्षमीपुर पतारी र नवराजपुर गाउँपालिकामा विद्युत मोटरको तार जोडने क्रममा र नाङगो तार छुँदा करेन्ट लागेर एक युवकसहित तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमीपुर पतारीले जनाएको छ।
इप्रका पतारीका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार आज आइतबार बिहान विहान ८ः३० बजे नवराजपुर गाउँपालिका वडा ४ का जीवछ शर्माको २८ वर्षिय छोरा आफ्नो घरदेखि २५० मिटर पश्चिममा विद्युत मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि नवराजपुर आधारभुत अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।
Read full story at source (gorkhapatraonline.com)