सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
gorkhapatraonline.com · Sun Aug 23 13:52:59 GMT 2026

उदयपुरको त्रियुगा नगरपालिका वडा १० बोक्सेस्थित सगरमाथा राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
गाईघाटबाट करमगाछी तर्फजाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाईकलले बाटो काट्नेक्रममा साईकललाई ठक्कर दिइ दुर्घटना हुँदा साइकलयात्री त्रियुगा नगरपालिका वडा नं १० बस्ने वर्ष ६० को सन्तबहादुर राई गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)