प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित
barnanmedia.com · Sun Aug 23 13:59:54 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले मुस्ताङवासी उत्साहित भएका छन् । उहाँको मुस्ताङ भ्रमणले यहाँको चर्चा चुलिएको छ । यसअघि तत्कालिन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ आउनु भएको थियो । तर उहाँ काठमाडौँबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरबाट सिधै मुक्तिनाथ क्षेत्र आउनुभएको थियो ।
प्रधानमन्त्री शाह भने बर्खायामको मौसममा समेत बेनी–जोमसोम सडकखण्डको सास्ती व्यहोर्दै आफैँले सवारीसाधन हाँकेर शनिबार मुस्ताङको जोमसोम आइपुग्नुभएको थियो । सोही दिन साँझ प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरी जोमसोममा बास बस्नुभयो । प्रधानमन्त्री शाह आज मुस्ताङबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभयो ।
Read full story at source (barnanmedia.com)