कोशी, गण्डकी र बागमतीमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना
annapurnapost.com · Sun Aug 23 14:18:59 GMT 2026

काठमाडौं : कोशी, गण्डकी र बागमती प्रदेशमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिदेखि मंगलबारसम्म तीन प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुनेछ। आइतबार राति कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
सोमबार दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। भने देशको पहाडी भू–भागका धेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र बागमतीसंगै लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सोमबार राति पनि कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनेछ।
Read full story at source (annapurnapost.com)