भीमफेदीकाे आयाेजनामा राष्ट्रिय कविता प्रतियोगिता
ratopati.com · Sun Aug 23 14:30:42 GMT 2026

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका-४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम भएका छन्। ‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएको हो।
मकवानपुरको भीमफेदी-१ मा आज आयोजित कविता प्रतियोगितामा प्रथम हुँदै कवि मञ्जिलले नगद रु ५० हजार प्राप्त गरे। प्रतियोगितामा लालबन्दी नगरपालिका-४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ शीर्षकको कविता द्वितीय भई रु ३० हजार, अर्जुनधारा नगरपालिका-५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय भई रु २० हजार प्राप्त गरे।
Read full story at source (ratopati.com)